शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र सुलभ दरमा एसएमएस सेवा लिन सक्नेछन् ।

‘नयाँ एसएमएस प्याक’ शुक्रबारबाट सुरु भई १५ दिनसम्म सञ्चालन हुनेछ । यो एसएमएस प्याक अन्र्तगत ग्राहकले ५ रुपैयाँ (करसहित) मा एक सय ५० वटा एसएमएस वा २५ रुपैयाँ (करसहित) मा एक हजार वटा एसएमएस गर्न सक्नेछन् ।

२५ रुपैयाँमा एक हजार वटा एसएमएसको प्याक सञ्चालन गर्ने ग्राहकले ३ पैसा प्रति एसएमएसको न्यून शुल्कमा कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो योजना सञ्चालन गर्न सक्छन् । एसएमएस मार्फत पनि ग्राहकले यो योजना सञ्चालन गर्न सक्छन् ।

यसका लागि एक सय ५० वटा एसएमएस पाइने प्याक सञ्चालन गर्न अंग्रेजीमा ५ टाइप गरी १७११९ मा एसएमएस पठाउनु पर्छ । त्यस्तै एक हजार वटा एसएमएस पठाउन सकिने प्याक सञ्चालन गर्न अंग्रेजीमा २५ टाइप गरी १७११९ मा एसएमएस पठाउनु पर्छ ।

यी दुबै प्याक सञ्चालन भएको दिनदेखि ३० दिनको लागि मान्य रहनेछ । एस्ट्रिक्स ९०१ ह्यास डायल गरी ग्राहकले आफ्नो बाँकी रहेको एसएमएसको बारेमा जनकारी लिन सक्ने एनसेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया