शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं– काठमाडौंमा बिहीबारदेखि सुबिसु क्यान इन्फोटेक–२०१७ सुरु भएको छ । क्यान महासंघले आयोजना गरेको इन्फोटेक मेलामा दुई सय २२ स्टल छ ।

मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायत स्टल रहनेछन् ।

मेला अवलोकनका लागिएक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीको परिचय पत्र भएका भने टिकटको ५० रुपैयाँ मात्रै तिरे हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले छुट दिने छन् ।

यस्तै अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइनेछ तथा अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने छ ।

यस्तै दृष्टिबिहीनहरुको संस्था उज्जवल नक्षत्र समाजले पनि सूचना र प्रविधिमा दृष्टिविहिनको पहुँच पुर्‍याउन भन्दै मेलामा स्टल राख्दै छ । दृष्टिविहिनहरुले डी ८८ नम्बरको स्टलमा पुगेर नयाँ प्रविधि र चलाउने तरिकाका बारेमा जानकारी लिन सक्ने समाजका कोषाध्यक्ष सुशील अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया