शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले आउँदो फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाएको भए पनि जोखिम अझै रहेकाले विशेष कार्यक्रम गर्न लागिएको हो ।

काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया