बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौ – बाग्मती बाहेकका १३ वटा अञ्चल कार्यालयमा सवारी चालक अनुमति पत्र लाइसेन्स् वितरणको काम ठप्प भएको छ । नयाँ लाइसेन्स जारी, प्रतिलिपि र नविकरणको काम रोकिँदा सेवाग्रही मर्कामा परेका छन् ।

सर्भर स्तरोन्नतिको काम भइरहेकाले काम ठप्प भएको यातायात व्यवस्था विभागले  जनाएको छ ।  ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टमको सर्भर झण्डै ६ वर्ष पुरानो भएकाले त्यसको स्तरोन्नती भइरहेकाले गएको आइतबारदेखि नै काम ठप्प भएको हो ।

पुरानो सिस्टममा रहेका २५ लाख रेकर्डलाई नयाँमा लानुपर्ने भएकाले अझै एक हप्ता काम प्रभावित हुने विभागका सवारी तथा सवारी चालक नियमन शाखाका अधिकृत अर्जुन रिजालले बताउनुभयो ।

उहाँका अनुसार सर्भर स्तरोन्नतिको काम केन्द्रबाट नै भइरहेको छ । यस्तै लाइसेन्स छाप्ने एउटा प्रिन्टर बिग्रदा बाग्मती अञ्चलमा पनि स्मार्ट ड्राइभिङ लाइसेन्स वितरणमा प्रभाव परेको छ ।

तपाईको प्रतिक्रिया