शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं– रोटी, पाउरोटी, चिप्स तथा आलु खैरो हुने गरी पकाएर खान नहुने खाद्य वैज्ञानिकले बताएका छन् । पाउरोटी, चिप्स तथा आलुसहितका खानेकुरा सुनौलो पहेँलो रंगको हुने गरी पकाएमा क्यान्सरको खतरा बढी हुने खाद्य वैज्ञानिकले बताएका हुन् ।

कार्बोहाइड्रेट युक्त खानालाई बढी समय पकाउँदा त्यसमा एक्रिलामाइड नामको रसायन निस्कने वैज्ञानिकको भनाई छ । यो रसायनका कारण क्यान्सरको खतरा बढी हुने वैज्ञानिकले बताएका छन् ।

पाउरोटी, चिप्स, आलुसहितका खाद्य पदार्थको रंग पकाउने क्रममा जति गाढा खैरो वा सुनौलो पहेँलो बनाइन्छ त्यति नै बढी एक्रिलामाइड रसायन बन्छ ।

यसले क्यान्सरको खतरा पनि बढ्ने क्यान्सर अनुसन्धान केन्द्र युकेका वैज्ञानिकले जनाएका छन् । यसले गर्दा खाद्य पदार्थ पकाउने तर खैरो बनाउन नहुने उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया