शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – चितवन समाज जापानको आयोजनामा आइतबार चितवन उधोग संघका पदाधिकारी एवम् चितवन समाज जापानका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम टोकियोमा सम्पन्न भएको छ ।

जापान सरकारको निमन्त्रणामा एक कार्यक्रमको लागि जापान भ्रमणमा रहेका संघका प्रतिनिधि र समाजका तथा सम्बन्धित सदस्यबिच रोधीघरको हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं चितवन उधोग संघका महासचिब सुर्य प्रसाद न्यौपानेले अबको समय बिना शंका निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्न सकिने समय आएको बताउनुभयो ।

नेपालमा गएको भुकम्प, त्यसपछिको नाकाबन्दी र राजनीतिक फेरबदलले सबैमा नयाँ चेतना जगाउदै अब फुटेर होइन जुटेर आँफैले समृद्ध नेपाल निर्माणमा लाग्ने प्रेरणा मिलेकोले यस क्षेत्रमा अब कुनै बाधा नआउने विशास व्यक्त गर्नुभयो ।

त्यसैगरी, कार्यक्रमका विशेष अतिथि तथा चितवन उधोग संघका पूर्व कार्यकारी निर्देशक युगराज वस्तीले औद्योगिक शिक्षा र औद्योगिक पुर्बधारको कमी नै नेपालको औद्योगिकरणको चुनौती भएको बताउनुभयो ।

वस्तीले हामी नेपालीमा भर्खर–भर्खर आत्मनिर्भरताको भावना जागेसंगै उद्योग व्यवसाय शुरु गरेको अवस्थामा स्थान छनौट, प्राबिधिक ज्ञान, व्यवसाय संचालनका रणनीति लगायत सम्बन्धि ज्ञानको कमीले सफल व्यवसायमा असर गर्ने गरेको बताउनुभयो ।

यद्यपी बैदेशिक रोजगार, बैदेशिक उच्च शिक्षा र अब आत्मनिर्भर हुनैपर्छ भन्ने चाहनाले यो सबै छुनौतिलाई पार गर्दै अबको ५ बर्षमा नेपालको अनुहार सकारात्मक रुपमै फेरिन सक्ने सम्भावना टड्कारो रुपमा रहेको बताउनुभयो ।

त्यसैगरी, जापानका नेपालि व्यबसायी तथा समाजका सल्लाहकार अरुण कुमार श्रेष्ठले उद्योग व्यवसाय सफल बनाउन उत्पादन प्रदर्शनीले व्यवसायीमा प्रतिष्पर्धाको भावना जगाउने हुनाले एक्सपोको आयोजना बेलाबेलामा हुनुपर्नेमा जोड दिनुभयो  ।

यसैबीच, लेखनाथ बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश लाल श्रेष्ठले हामी जलजमिन, जडिबुटी, जनशक्ति, आन्त सबै छन् तर देशमा शान्ति र राजनीतिक स्थिरता नभएकोले नेपालको उद्योग व्यवसाय धरापमा परेको बताउनुभयो ।

श्रेष्ठले अब हामि आफैंमा केहि गर्ने आन्त आएको अवस्थामा यस्ता समस्याको जड भ्रस्टाचार, राजनीतिक माइयाबिरुद्द सिध्हा निसंकोच हस्तक्षप गरे मात्र हामी सफल हुने बिचार व्यक्त गर्नुभयो ।

समाजका उपाध्यक्ष राजन श्रेष्ठको अध्यक्षता एवं सल्लाहकार अर्जुन अधिकारीले संचालन गर्नुभएको सो कार्यक्रममा कास्की पोखरा समाजका अध्यक्ष शिव प्रसाद पौडेल, समाजका सल्लाहकार लोकनाथ वस्ती समाजका कोषाध्यक्ष हरिचन्द्र पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया