बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

पोखरा – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता खनालले संविधान संशोधन भन्दा कार्यान्वयन एमालेको प्रमुख मुद्दा भएको जिकिर गर्नुभयो ।

निर्वाचनको मिति घोषणा गर्न आलटाल नगरी अविलम्ब घोषणा गर्न आग्रह गर्दै उहाँले अर्को सालको माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न भएमात्रै संविधान कार्यान्वयन हुने धारणा राख्नुभयो ।

उहाँले संविधान संशोधनको अहिले कुनै अर्थ छैन र संशोधनको प्रक्रियामा गए देश दुर्घटनामा पर्ने चेतावनी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया