शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण फोनको सफ्टवेयर वा हार्डवेयर नभएर ब्याट्रीको समस्या भएको दक्षिण कोरियाली कम्पनी सामसुङले जनाएको छ ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय तथा व्यक्तिगत अध्ययनका आधारमा नोट सेभेन विस्फोटको कारण ब्याट्रीको समस्या भएको पत्ता लागेको हो । गएको अक्टोबरमा नोट सेभेन चार्ज गर्दा वा चार्ज गरिसकेपछि विस्फोट भएको गुनासो बढेपछि सेप्टेम्बरमा सामसुङले २५ लाख फोन फिर्ता लिएको थियो । कम्पनीका अनुसार ब्याट्रिको डिजाइन र बनोट दुबैमा समस्या रहेको भेटिएको हो ।

गएको वर्ष अमेरिका र दक्षिण कोरियाका विभिन्न ठाउँमा नोट सेभेनमा आगो लागेको समाचारहरु बाहिर आएका थिए । जसका कारण कम्पनीलाई झण्डै साढे पाँच अर्ब डलर घाटा लागेको थियो ।

तपाईको प्रतिक्रिया