शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानको नागोयामा आईतवार एमाले निकट प्रवासी नेपाली मञ्च (ONF) जापानको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा देशको वर्तमान समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो । कार्यक्रम शहिदहरु प्रति मौन धारणा अनि राष्ट्रिय गान वाट सुरु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य एवम् रुपन्देहीका इन्चार्ज लिला गिरी रहनु भएको थियो । गिरीले यो विशम परिस्थितिमा सबै एकजुट हुनुपर्ने बताउदै अहिलेको देशको आवस्यकता चुनाव भएको वताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका उप – सचिव बिष्णु पौडेल आउने भनिए पनि उहाँ जापानकै अर्को शहर केयुटो मा वैठक नसकिएकाले उपस्थित नभएको आयोजकले वताएका छन ।

कार्यक्रममा एनआरएन आईसीसी सदस्य पारशमणि पोखरेलले हामी नेपालीहरु विभिन्न विचारधारा मान्ने भए पनि एक नेपालीलाई समस्या पर्दा सबै मिलेर सहयोग गर्न पर्ने वताउनु भयो ।

कार्यक्रममा चुवु युनिभर्सिटीका प्रा. डा. सुदिप अधिकारी , एमाले वैदेशिक विभाग सदस्य शिर्जन काफ्ले, नेपाली कांगेसका दामोदर भुषाल , यला जापानका अध्य महेन्द्र कुमार श्रेष्ठ लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम कार्यसमिति सदस्य तथा नागोयाका इन्चार्ज अशोक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया