बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

अर्घाखाँची— सरकारको ब्यवस्था र राजनीतिक अस्थिरताका कारण नेपालको लोक संस्कृति धरापमा परेको एक कार्यक्रमका बक्ताले बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा गरेको सात्क्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले पछिल्लो समयमा लोक संगीतमा विकृती देखा पर्न थालेको बताउनुभयो ।

उहाले संस्कृतिलाई जर्गेना गर्न दौरा सुरुवाल, गुन्योचोलो, साडी लगाएर मेला महोत्सवमा कलाकारले गित गाउनुपर्ने नियम ल्याउन थालेको बताए । नेपालीको पहिचान झल्किने खालको संस्कृतिलाई बचाउनुपर्ने उहाँको तर्क छ ।

सोहि क्रममा पंगनी ले ५ नम्बेर परदेशका जनताको भाबना बिपरित सरकारले ल्याएको प्रस्ताब कुनैपनि हालतमा स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभयो । साथै वरिष्ठ गायीका तथा सञ्चारकर्मी कोमल ओलीले संस्कृतिको जगेर्ना गर्न सबै नेपालीले पहल गर्नुपर्ने बताउनुभयो ।

छन्द, स्रोता र दर्शकलाइ मनोरंजन दिनकै लागी मात्र नभई नेपालको पहिचान र सस्कृतिको जगेर्ना गर्ने खालका गीत प्रति सबै कलाकारको जोड हुनुपर्ने उहाँको भनाई छ । ओलीले आफु विश्वका ८० भन्दा बढी मुलुकको कला र सस्कृतिको नजिक बाट बुझेको बताउँदै नेपालको सस्कृति पनि पश्चिमी मुलुकको सस्कार तिर गइ रहेको देख्दा चिन्ता लाग्ने बताउनुभयो ।

कला र सस्कृति देशको पहिचान भएको हुँदा यसको जर्गेना गर्ने सबैको दायित्व भएको बताउनुभयो । अर्काे कलाकार रिता कंडेलले कलाकारीतामा भविष्य उज्वल रहेको बताउनुभयो । कार्यक्रम रिपोर्टस क्लबका अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षता र बिरेन्द्र के. सी को संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया