शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

पोखरा – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहकै निर्वाचन गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताउनुभयो ।

अनेकाँै बहानामा निर्वाचन सार्ने चालबाजी चलेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आगामी माघ ७ गते तीनै तहको निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्नुभयो ।

नेता नेपालले संविधान संशोधन मधेसी आम जनताको माग नभएको जिकिर गर्दै संशोधनलाई विफल पार्ने एक तिहाइ सांसदको सङ्ख्या विपक्षीसँग सुरक्षित रहेकाले यो संशोधन प्रस्ताव कुनै हालतमा पास नहुने दाबी गर्नुभयो ।

उहाँले कुनै लोभ, लालचा र प्रलोभनमा नपरी देशभक्तिको भावनामा अडिग हुन सबैसँग आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया