मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो – जापानमा नेपालीहरुको संख्यामा बृद्धिभएसंगै एकपछि अर्को गर्दै संघसंस्था खुल्नेक्रम बढिरहेकै बेला यहाँ रहेका झापालीहरु पनि संगठित भएका छन् । हालै भएको झपालीहरुलो एक भेलाले तुल्सी पाठकको अध्यक्षतामा झापाली समाज जापान गठन भएको हो ।

भेलाद्वारा गठित समाजको उपाध्यक्षमा दिपक न्यौपाने रहेका छन् भने महासचिवमा चुडामणी काफ्ले रहेकाछन् । यसैगरी सचिवमा ऋषिराम भट्टराई, कोषाध्यक्षमा रमेश सुवेदी रहेका छन् ।
यसैगरी सदस्यहरुमा विपिन गौतम, गोविन्द सुवेदी, समिक्षा संग्रौला, मेघराज अधिकारी, विनोद कार्की, तिर्थराज अधिकारी, सुलभ अधिकारी र नारायण पोखरेल रहेका छन् ।
जापानमा रहेका झापालीहरुको हक हितमा क्रियाशील रहने र समस्यामा परेकालाई सामुहिक प्रयासद्वारा सहयोग गर्ने उद्देश्यका साथ समाजको गठन भएको अध्यक्ष पाठकले समुद्रपारिलाई बताए । ***

तपाईको प्रतिक्रिया