शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा’ को गीत ‘पूर्व पश्चिम रेल’ को युट्युब भ्युवर्स एक करोड नागेको छ । शनिबार साँझसम्म यो गीत युट्युब च्यानलमा सर्च गरेर हेर्नेको संख्या एक करोड नागेको हो । 

चर्चित गीत ‘पूर्व पश्चिम रेल’ मा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ भने गीतमा शब्द तथा संगीत गायक शिबाकोटी रहेको छ । संगीत संयोजन राजन इशानको रहेको यो गीतको म्युजिक भिडियोको कोरियोग्राफि कविराज गहतराजले गरेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको भिडियो सम्पादन विपिन मल्लले गरेका हुन् भने निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । नेपाली गीत युट्युब च्यानलमा एक करोडभन्दा धेरैले हेरिएको यो दोस्रो गीत हो ।

यसअघी पनि गायक सिवकोटीकै ‘सुर्के थैली खै’ ले पहिलो पटक इतिहास रच्दै एक करोड भ्युअर्स कटाएको थियो । यस्तै, उक्त चलचित्र ‘छक्का पञ्जा’ पनि अपलोड गरेको १० दिन भित्रै ५६ लाख वढी भ्युवर्स नाघिसकेको छ ।

तपाईको प्रतिक्रिया