बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – जापानमा रहेका घलेहरुको साझा संस्था लि : ल फङ (घले समाज) समाजको आयोजनामा जनवरी १५ तारिख (माघ १ गते ) बिभिन्न कार्यक्रम गरी घले नयाँ वर्ष ल्होसार सम्पन्न भएको छ ।

लिः ल फङ घले समाज जापान गठन भएको एक बर्ष पुरा भएको तथा जापानमा रहेको संघ संस्थाहरु विच भाईचारा सम्बन्ध बढाउने उदेश्यले विविध सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदन प्रदान गरि यस बर्षको नयाँ बर्ष ल्होसार समाजसेवी बिजय थकालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

ल्होसारको उदघाटन गर्दै थकालीले समाजको एकताले मौलिक संस्कृति जर्गेना गदै प्रवासमा नेपाली नेपालीका विच एकता हुनु पर्नेमा जोड़ दिनु भयो । घले समाज जापानका अध्यक्ष पूर्णबहादुर घलेको सभापतित्वमा सम्पन्न भएको ल्होसार कार्यक्रममा कार्यक्रमको संयोजक मनोज घलेले स्वागत तथा मोहन घलेले संचालन गर्नुभएको थियो ।

ल्होसारलाई भब्यतका साथ सम्पन्न गर्न मनोज घलेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको थियो । लि : ल फङ घलेहरुको नयाँ बर्ष ल्होसारमा जापानका गुन्मा, ईवाराकी, खानागावा, सेन्दाई, साईतामा, नागोया लगायत स्थानहरुबाट घले परिवार सहित जापानमा क्रियाशील संघ संस्थाको सहभागिता रहेको समाजका अध्यक्ष पूर्णबहादुर घलेले बताउनुभयो ।

ल्होसार कार्यक्रममा चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती सहित शिनओकुबो स्थित टोकियो रोधी  घरमा सम्पन्न भएको हो । ***

तपाईको प्रतिक्रिया