शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई १७ लाख सहयोग रकम प्राप्त भएको छ ।

जनवरी २१ मा गज्जबको इभेन्ट्स द्धारा आयोजित कार्यक्रममा प्रस्तुति दिएका यो जोडिले सिड्नीमा भएको कार्यक्रममा १७ लाख ४२ हजार ६ सय २५ रुपैया सहयोग रकम संकलन गरेका हुन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको उल्लेख्निय उपस्थितीमा गरिएको कार्यक्रममा सो सहयोग रकम संकलन गरिएको हो । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले कुराकानी गदै सबै सहयोगी मनहरुलाई धन्यबाद दिनुभएको थियो । उहाँले अष्ट्रेलियाका २ कार्यक्रम अझै बाँकी रहेको जानकारी पनि दिनुभएको थियो ।

अष्ट्रेलियामा धुर्मुस सुन्तलीले जनवरी २९ मा मेलवर्न र फेब्रुअरी ४ मा ब्रीस्बेनमा कार्यक्रम गर्ने तय भएको जानकारी दिनुभएको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोगको लागी आग्रह गदै उहाँले सहयोग गर्न चाहने जो कोहिलाई सहयोगको लागी अनुरोध पनि गर्नुभएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गदै गरेको एकिकृत नमुना मुसहर बस्तीका लागी अझै थुप्रै सहयोगको खाँचो भएको बताउदै उहाँले छिटै सहयोग रकम संकलन भए आफुहरुले नयाँ बर्षमा बस्ती हस्तान्तरण गर्ने योजना पुरा हुने बताउनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकिकृत नमुना मुसहर बस्तिको अहिले १५ प्रतिशत काम सकिएको छ । हाल सम्ममा बस्तीमा निर्माण हुने ५० वटा घर मध्ये ४० वटा घरको जग निस्किएको छ भने ३२ वटा घरको जग उठाउने कार्य सम्पन्न भइसकेको छ ।

पिलिन्थ लेवल सम्मको ५ वटा घरको निर्माण कार्य सकिएको छ । मुसहर बस्ती निर्माणका लागी करीब १ सय मुसहरहरु श्रमदानमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया