शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – नेपालको सबैभन्दा ठूलो र जिम्मेवार राजनैतिक दल नेपाली काँग्रेसको जापानस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति जापानभित्र लामो समयदेखि विद्यमान अन्यौलताको अन्त्य भएको घोषणा गर्दै समितिलाई पूर्णता दिईएको छ ।
आइतवार एक पत्रकार सम्मेलन मार्फत जनसम्पर्क समिति भित्रको आन्तरिक विवाद र अन्यौलताको अन्त भएको घोषणा गर्दै समितिलाई बिधिवतरुपमा पूर्णता दिईएको जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित प्रवक्ता सुरेश गिरीले नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेको बिशेष उपस्थितिमा नेपाली जनसम्पर्क समिति भित्रको अन्यौलता समाप्त भएको र समितिलाई पूर्णता दिईएको जानकारी गराउनुभएको हो ।

जसअनुसार नेपाली जनसम्पर्क समितिको दुई वर्षको कार्यकाल मध्य एक वर्ष आगामी डिसेम्बर मसान्तसम्म डिपी कँडेल सभापति रहने र त्यसपछिको एक वर्ष रोशन केसी सभापति रहने गरी ६९ सदस्यीय कार्यसमिति गठन गरिएको बिज्ञप्तीमार्फत जानकारी गराईएको छ ।
बिज्ञप्तीका अनुसार समितिको १० जना उपसभापतिहरुमा राजेन्द्रप्रसाद जम्मरकट्टेल, बद्रिनाथ पौडेल, पुष्करजंग थापा, पेम्बा लामा, सुजन जोशी, बिष्णु अर्याल, साधना घिमिरे, नवराज थापा, पिताम्बर चापागार्इँ र रामकृष्णबम मल्ल रहनुभएको छ । यसैगरी महामन्त्री द्वयमा रामजंग कार्की र रेशमकुमार डंगोल रहनुभएको छ भने ६ जना सहमहामन्त्रीमा प्रेमप्रसाद कँडेल, हरिप्रसाद कँडेल, ध्रुबकुमार थापा, युवराज अधिकारी, टिकाराम खरेल र पोषकान्त न्यौपाने रहनुभएको छ । यसैगरी कोषाध्यक्ष द्वयमा बाबुराम सापकोटा र साबित्री लामा रहनुभएको छ भने सहकोषाध्यक्ष द्वयमा बासुदेव बस्ताकोटी र दिपक बुर्जा मगर चयन हुनुभएको छ । यसैगरी प्रवक्तामा सुरेश गिरी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा राजकुमार गिरी, कृपन दाहाल, भीमलाल गैरे, अशोक शर्मा (गोपाल), लक्ष्मण थापा, लक्ष्मण बानियाँ, उल्लास पाण्डे, जीवन खड्का, कृष्ण गैरे, सुजन खड्का, सुशील पौडेल, रामबहादुर कार्की, नविनसागर सापकोटा, ध्रुब बस्नेत, कमल आचार्य, राजु पनेरु, जीवन आचार्य, नृप बुढा, दिपक भुसाल, उमानन्द आचार्य, लक्ष्मण गुरागार्इँ, किरण उप्रेती, चिरण पाठक, अरुण खड्का, बिपिन घिमिरे, राम बाँस्तोला, रवि गिरी, तेजेन्द्र जिसी (वकिल), शिशिर ज्ञवाली, जितेन्द्र केसी, डम्मर पुन, भीमराज डवाडी, गुणराज सापकोटा, सुरेश सापकोटा, गीतादेवी कँडेल, सुष्मा वाईवा, मिनराशी गुरुङ, मेखबहादुर लामा, बिजय भट्टचन, टेकबहादुर नेपाली, राजबिन थापा, लिल गुरुङ, शरद लामिछाने, डिल्लीराम शिवाकोटी र ल्हाक्पा गेलु शेर्पा रहनुभएको छ ।

प्रमुख अतिथिको आसनबाट केन्द्रिय प्रतिनिधिका हैसियतले बोल्दै नेता सुरेन्द्रराज पाण्डेले जनसम्पर्क समिति जापान भित्रको आन्तरिक विवाद र अन्यौलताका कारण प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जापानको नेपाली समुदायमा पर्न गएको असुबिधाका लागि नेपाली कांग्रेस केन्द्रिय समितिको तर्फबाट क्षमायाचना गर्दै अब कुनै विवाद बाँकी नरहेको र जनसम्पर्क समिति जापान एक ढिक्का भएर अगाडि बढ्ने विचार ब्यक्त गर्नुभयो । नेता पाण्डेले बिदेशमा बसेका नेपालीहरुले आ-आफ्ना वैचारिक आस्था एवं चिन्तनलाई एक ठाउँमा राखेर सबैभन्दा पहिले आफु नेपाली हुँ भन्ने कुरा बिर्सन नहुने र जसअनुसार नेपाली एकतालाई केन्द्रमा राखेर राष्ट्रहितका लागि मिलेर रचनात्मक गतिबिधिमा क्रियाशील रहन अपिल गर्नुभयो ।

कार्यक्रममा जनसम्पर्क समितिका निबर्तमान अध्यक्ष नारायणप्रसाद सुबेदीले जनसम्पर्क समितिभित्रको अन्यौलता र आन्तरिक विवादका कारण नेपाली समाजमा पर्न गएको असहजताका लागि तत्कालिन सभापतिको हैसियतले क्षमायाचना गर्दै अब कुनै विवाद बाँकी नरहेको धारणा ब्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेकपा एमालेको भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्च (ONF) का सचिव जीवन अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भ्रात्तृसंस्था प्रवासी नेपाली संगठन (ONO) का अध्यक्ष चन्द्रप्रसाद उपाध्याय, राष्ट्रिय जनमोर्चा नेपाल निकट नेपाली एकता समाज जापानका शालिकराम सापकोटा, नयाँ शक्ति पार्टी नेपाल निकट अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना, गोरखा समाज जापानका अध्यक्ष चुँडापणि भट्टराई लगायतले विवादको अन्त्य गर्दै लामो समयपछि पूर्णता पाएको जनसम्पर्क समिति जापानलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

बोल्ने वक्ताहरुले जनसम्पर्क समिति जस्तो एउटा जिम्मेवार संस्था र यसको माउपार्टीले समयमै विवाद सल्टाउन नसक्दा यसबाट नेपाली समुदायमा लामो समयसम्म अन्यौलता छाएको र असहज वातावरण सिर्जना हुन गई यसबाट नेपाली समाजमा बिभिन्न असरहरु पर्न गएको बिचार ब्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनमा सभापतिको आसनबाट बोल्दै जनसम्पर्क समितिका सभापति डिपी कँडेलले जनसम्पर्क समितिभित्र अब उप्रान्त कुनै विवाद नरहेको स्पष्ट पार्दै विगतका कमीकमजोरी र असहजताका लागि नेपाली जनसमुदायप्रति क्षमायाचना गर्नुभयो । उहाँले जनसम्पर्क समिति अब जापानका सबै संघसंस्था, मिडिया र यहाँको समुदायसंग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

देशकै ठूलो पार्टीको भ्रात्तृसंस्था जनसम्पर्क समिति जापानभित्रको आन्तरिक विवादका कारण सिंगो नेपाली समुदाय र मिडिया जगतलाई अन्यौलमा मात्र पारिएन नेपाली समुदायमा बिभाजनका रेखाहरु कोरिनु जनसम्पर्क समिति जस्तो पुरानो, जिम्मेवार र अगुवाई संस्थाबाट अपेक्षा नगरिएको बिषय भएको समाजका जानेमानेका अगुवाहरुले बताउँदै आएका छन् ।***

तपाईको प्रतिक्रिया