बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति नायिका नम्रता श्रेष्ठ दुर्घटनामा पर्नुभएको छ । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो ।

बा.१. झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिनुभएको छ । दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ ।सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिनुभएको छ ।

चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको धमाधम छायांकन भैरहेको छ । रिलिजको दिन नजिकिँदै जाँदा काम भ्याउनु पर्ने चटारो यसको निर्माण पक्षलाई छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भैरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।

तपाईको प्रतिक्रिया