शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – अमेरिकाको निकट मानिएको बेलायतमा पनि डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न पाउँदा नपाउँदै विरोध प्रदर्शन गरिएको छ । एक लाख सर्वसाधारण सहभागी ठानिएको प्रदर्शनमा महिलाको संख्या उल्लेख्य थियो ।

अमेरिकाको वाशिङटनमा भएको वीमेन्स मार्च अन वाशिङटनको समर्थनमा बेलायतमा पनि प्रदर्शन गरिएको हो । प्रदर्शनमा बेलायतका मेयरदेखि टेलिभिजनका प्रस्तोताहरु समेत सहभागी बने ।

ट्रम्पको नीतिले आफूहरुको अधिकार हनन हुने र भविष्य खतरामा पर्ने भन्दै महिलाहरुले ट्रम्प बिरुद्ध नारावाजी गरेका थिए । –एजेन्सी

तपाईको प्रतिक्रिया