शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

पोखरा – आयोजक सहारा क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ‘टाइब्रेकर’ मा ४–२ ले पराजित गर्दै सहारा अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल र थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा निर्णायक भएको हो ।

सेमिफाइनलमा सहाराले झापा–११ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत् आइतबार मनाङ–मर्स्याङ्दी र धरान फुटबल क्लब भिड्नेछन् ।

तपाईको प्रतिक्रिया