बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – राजधानी आउजाउ गर्ने मुख्य प्रवेशद्धार पृथ्वी राजमार्गमा सवारी साधन जाम हुने क्रम बढ्दै गएपछि दैनिक हजारौं यात्रुले कठिनाई भोगनुपरेको छ । राजमार्गमा दैनिक पाँच घण्टासम्म जाम हुने गरेको छ ।

मुगलिङ नारायाणघाट खण्डको अवरोध पार गरेर आएपनि यात्रु नौबिसेदेखि नागढुंगा सम्मको जाममा पाँच घण्टा पर्ने गरेका छन् । राजमार्गमा दैनिक गुड्ने ३२ हजार सार्वजनिक सवारी साधनका यात्रुले निकै हैरानी बेहोर्नुपरेको छ ।

नौविसेको खानीखोला, झ्याप्लेखोला, नागढुंगा हुदै काठमाडौं कलंकीसम्मको २० किलोमिटर दुरीमा बढी जाम हुने गरेको छ ।

तपाईको प्रतिक्रिया