बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – नेकपा एमालेको जापानस्थित भ्रातृसंगठन प्रवासी नेपाली मञ्च (ONF) को आयोजनामा टोकियोमा हालै कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा गत बिहिबार टोकियोमा भएको सो प्रशिक्षण कार्यक्रम नेकपा एमालेका उपमहासचिव समेत रहेका प्रदेश नं. ५ का संयोजक तथा निवर्तमान अर्थमन्त्री एवं पूर्व रक्षामन्त्री सांसद बिष्णु पौड्यालको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका परराष्ट्रविद एवं सांसद डा. राजन भट्टराई, केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला इञ्चार्ज लिला गिरीको बिशेष उपस्थितिमा भएको थियो ।
सो अवसरमा मञ्चकी पूर्व अध्यक्ष एवं नेकपा एमालेका बिदेश बिभाग सदस्य सिर्जना काफ्ले, रूपन्देही जिल्लाकी नेतृ सपना पौड्याल लगायतको बिशेष उपस्थिति रहेको थियो ।

प्रशिक्षण मन्तब्य दिदैं पूर्वमन्त्री पौड्यालले पार्टी र मुलुकको वर्तमान राजनैतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको भएको थियो भने नेता डा. भट्टराईले प्रवासमा रहेका भ्रातृसंगठनहरुको बारेमा र मुलुकको परराष्ट्र नीतिसंग सम्बन्धित सुगौली सन्धीदेखि हालसम्म देखिएका घट्नाक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । त्यसैगरी नेता गिरीले मुलुकको समसामयिक राजनीतिको बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी सिर्जना काफ्लेले डायस्पोरामा रहेका नेपालीहरूले आफु रहेको मुलुकमा सिकेका ज्ञान, सीप, पुँजीलाई मुलुकको समृद्धिमा लगाउनुपर्ने बिचार राख्नुभएको थियो । राष्ट्रियगानबाट सुरू भएको कार्यक्रममा ज्ञात, अज्ञात सहिदहरूको सम्मानमा १ मिनेट मौनधारण पनि गरिएको थियो ।

रात्रीभोज सहितको सो प्रशिक्षण कार्यक्रममा मञ्चका उपाध्यक्ष मोहनसिंह रायमाझीको स्वागत मन्तब्य र महासचिव सुरेश केसीको सञ्चालन रहेको थियो ।**

 

तपाईको प्रतिक्रिया