शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

रसुवा – रसुवागढी नाकामा शनिबारदेखि एक महिनासम्म मालवाहक कन्टेनर सञ्चालन गर्न नपाइने भएको छ । चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा चिनिया नयाँ वर्ष तथा चाडपर्वलाई मध्यनजर गर्दै मालवाहक कन्टेर सञ्चालनमा रोक लगाइएको हो ।

यही जनवरी २८ तारिखदेखि चिनिया नयाँ वर्ष सुरु हुने र नयाँ वर्षसँगै ग्याल्वो ल्होसार मनाइने भएकाले एक महिनाका लागि चिनिया पक्षले मालवाहक कन्टेर सञ्चालनमा रोक लगाएको हो । रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाका अनुसार चीनतर्फ शुक्रबारदेखि नै मालवाहक कन्टेनरमा शिल लगाउन बन्द गरिएको छ ।

शुक्रबार शिल लगाइएका मालबाहक कन्टेनर शनिबार वेलुकीसम्म रसुवागढी नाका आइपुग्ने रसुवागढी भन्सार कार्यालयले जनाएको छ । नेपालबाट चीन जाने तयारीमा रहेका डेड सय कन्टेनर शुक्रबारदेखि नै रसुवाको धुन्चे, कालिकास्थान, वेत्रावती तथा टिमुरेमा रोकिएका छन् ।

चीनबाट नेपालमा सामान ढुवानी गर्दै आएको मुसा ट्रान्सर्पोट कम्पनीले शुक्रबारदेखि ट्रान्सर्पोटको काम बन्द गरिसकेको नेपाल चीन केरुङ व्यापार संघका सचिव मुकुन्द पौडेलले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया