बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

खोटाङ  – ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक बालिकाको ज्यान गएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

दिक्तेल नगरपालिका–११ स्थित मेघेचौतारामा शुक्रबारराति ना ४ च ५३६७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा आठ वर्षकी बालिका आशा तामाङको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा साढे दुई वर्षका आशिष तामाङ र सहचालक च्यास्मिटार–४ का २५ वर्षका दिनेश राई गम्भीर घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि हवाईजहाजमार्फत खानीडाँडा विमानस्थलबाट बाहिर लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

घटनास्थलमै ज्यान गुमाएकी बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । दुर्घटनापछि ट्रयाक्टर चालक दिक्तेल नगरपालिका–१० का १९ वर्षका रञ्जन राई फरार रहेका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया