शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ । शनिबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबिच समसामयीक राजनीतिक विषयमा छलफल भएको हो ।

भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति भण्डारीलाई स्थानीय चुनावको मिति घोषणा गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको जानकारी गराउनुभएको थियो । यस्तै चुनावको मिति घोषणा गर्ने विषयमा प्रधानमन्त्री दाहालले शनिबार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका नेतासँग छलफल गर्दै हुनुहुन्छ ।

छलफल बेलुकी ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया