शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – संविधान संशोधन विधेयकमा देखिएको अन्यौल र निर्वाचन सम्बन्धि विधेयकमा सहमतिको प्रयास स्वरुप प्रमुख दलहरुबीच आज छलफल हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएको हो ।

साँझ ५ बजेपछि राजधानीको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । निर्वाचनसँग सम्बन्धित विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल सुरु हुन नसकेको, संविधान संशोधन विधेयकमाथि सत्तारुढ दलबाटै भईरहेको बिरोध, विधेयकमाथि एमालेसहितका दललाई मनाउने प्रयासमा बैठक डाकिएको प्रधानमन्त्रीका सहयोगीहरुले बताएका छन् ।

संशोधन विधेयकलाई कार्यसूचिमा नराखे सदनको कामकारवाही चल्न दिने सहमति जनाएको एमालेले अझै पनि बिधेयक पारित हुन नदिने अडान यथावत रोखेको छ भने सत्तारुढ दल राप्रपाले समेत यथास्थितिमा विधेयकमा समर्थन गर्न नसक्ने बताउदै आएको छ । यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको छ ।

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि सरकार तथा सत्तारुढ दलबाट भएका प्रयासबारे जानकारी गराउनुभएको थियो । संविधान कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउदै आगामी बर्षको माघ ७ गते भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु आवश्यक रहेको तर्फ राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया