बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका वारेमा लगत  संकलन गरिने भएको छ । पछिल्लो समयमा वढ्दो आत्महत्या तथा असामायिक निधनका कारण समुदायमा चिन्ता थपिएको र रोकथामका लागि एनआरएनए जापान लगायतका संस्थाले चासो देखाए पछि यसको लागत संकलन सुरु गरिएको हो ।

एनआरएनए जापानको पहलमा हालै गठन गरिएको आत्महत्या र आकस्मिक मृत्यु बिषयक अध्ययन तथा सुझाव समितिले जापानका नेपालीहरुको स्वास्थ्य अवस्था तथा आत्महत्या र असामायिक मृत्युको कारण लगायतका विषय समावेश गरेर लगत  संकलन सुरु गरेको हो । समितिको कामलाई प्रभावकारी बनाउन टोकियो स्थित नेपाली दूतावासले समेत विशेष सहयोग गर्ने जनाएको छ । 

सुझाव समितिका संयोजक डा विजय ज्ञवालीका अनुसार प्रारम्भिक चरणमा हामीले स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिने छौ । सो पश्चात यस अघि गरिएका अध्ययन तथा रिपोर्टलाई समावेश गरेर एक महिना भित्र रिपोर्ट पेस गर्नेछौ । समितिको यसै साता बसेको वैठकले पहिलो चरणमा लागत संकलन गर्ने जसका लागि टोकियो सहित एनआरएनए जापानका सवै क्षेत्रिय समिति र सवै संघसस्थाका पदाधिकारीहरुलाई समेत सक्रृय बनाईने छ ।

संयोजक ज्ञवालीका अनुसार स्वास्थ्य अवस्था लगत  संकलनका लागि संस्थागत तथा व्यक्तिगत रुपमा अनलाईन र अन्तर्वार्ता तथा सुझाव संकलन गरेर गरिने तयारी गरिएको छ ।

आफनो जानकारी राख्नका लागि यहाँ क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया