शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपालकी तेरिया फौजामगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’ को उपाधि हात पारेकी छिन् । भारतको एक अनलाइन बलिउड लाइफमा प्रकाशित खबरका अनुसार उनले दुई जना प्रतिस्पर्धीलाई उछिन्दै झलकको उपाधि जितेकी हुन् ।

उनी झलकमा वाइलड कार्ड मार्फत प्रवेश गरेकी थिइन् । उनी यसअघि भारतको चर्चित डान्स शो ‘डान्स इण्डिया डान्स ’को बिजेता भएकी थिइँन । झलक दिखला जामा तेरियाको प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । 

तर, भोटिङको आधारमा तेरियाले उपाधि जितेकको अनलाइनले जनाएको छ । उक्त शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।

रुपन्देहीकी तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो । तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया