बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो–‘टोकियो ड्रिम्स इन्टरनेनिमेन्ट’को आयोजनामा प्रेम कथामा आधारित नेपाली चलचित्र ‘लभ सासा’ प्रदर्शन गरिने भएको छ । नजिकिंदै गरेको प्रेम दिवसको पूर्व सन्ध्यामा यही आउँदो फेब्रुअरी ५ तारिक आइतवार मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
साँझ ५:३० बजेदेखि प्रदर्शन गरिने भनिएको चलचित्रको टिकट दर सिंगल २५ सय येन र कपुल (जोडी) टिकटको ४ हजार येन रहेको छ ।
प्रेमलाई अर्थ्याउने र हेर्ने दृष्टिकोण हरेकको फरक-फरक हुन्छ नै तर ‘लभ सासा’मा प्रेम के हो ? जीवनमा प्रेम कति पटक हुन्छ ? प्रेमले दिएको पीडा प्रेमकै मल्हमले सन्चो पार्न सकिन्छ कि सकिन्न ? प्रेम भावना हो या त अरु केही ? यस्तै–यस्तै प्रेम सम्बन्धी रोचक विषयवस्तुहरुलाई आकर्षक पाराले पस्किएको छ ।

प्रचण्डमान श्रेष्ठद्वारा निर्देशित चलचित्र ‘लभ सासा’मा कर्मा आमरक, आशिफ शाह, केकी अधिकारी लगायतको प्रमुख भूमिका रहेको छ ।
अायोजकले जापानबासी नेपालीहरूमा भ्यालेन्टाइन अर्थात प्रेमदिवसको पूर्व सन्ध्यामा नेपाली चलचित्र हेर्न अाइदिन सम्पूर्णमा अनुरोध गरेको छ ।***

तपाईको प्रतिक्रिया