शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

झापा – नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकारसँग पैसाको अभाव नभएको बताउनुभएको छ ।

शुक्रबार झापाको पथरियामा स्वर्गीय बामपन्थी नेता द्रोणाचार्य क्षेत्री स्मृति महिला तथा बाल विकास भवनको आज शिलान्यास गर्दै उहाँले विगत १९ वर्षयता हुलाकी सडक निर्माणको चर्चा पटक पटक हुँदै आएको र अब हुलाकी सडक बनाएरै छोड्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले नेपाल र नेपालीको स्वाभिमानी भावना बचाउन आफू इमान्दार भएर लाग्ने बताउनु भयो । दुई कठ्ठा १० धुर क्षेत्रफलमा रु एक करोड २५ लाखको लागतमा छ कोठाको सभाहलसहित स्मृति भवन दुई तले पक्की निर्माण हुनेछ ।

तपाईको प्रतिक्रिया