बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो–‘महिला बुदो इन्टरटेनिमेन्ट सेइजा’ प्रतियोगिता टोकियोमा विहीवार सम्पन्न भएको छ । टोकियो डोमस्थित कोराकुयन हलमा भएको खेलमा सेइजा ग्रुप जापानले विजय हासिल गर्यो । सेइजा जापान र गिरिस्या टिमबीच भएको खेलमा सेइजा जापानको तर्फबाट ५ खेलाडी सहभागीमध्ये ३ खेलाडीले जित हासिल गरी विजयी भएको हो । सेइजा जापानको तर्फबाट ३ जना तावाता हिन्ची, ताकाहासी नानाए र जुलिया स्टोरियारिन्कोले जित हासिल गरेका थिए । गिरिस्या टिमको तर्फबाट भियोरेता काराइदाेपुरू र क्रिस्टिना काेउस्ताले विजय हासिल गरेका थिए । उनीहरूले सेइजाका खेलाडी राधा मानन्धर र रजिना विष्टलाइ हराएका हुन । सिंगल खेलमा हार व्यहोर्न परेपनि मानन्धर र विष्टले उत्कृष्ट खेल प्रदशर्न गरेका थिए ।

२०१६ मा पहिलोपटक जापानमा स्थापित ‘महिला बुदो इन्टरटेनिमेन्ट सेइजा’ मा एसियाका विभिन्न मुलुकहरुबाट खेलाडीहरु जापान आइरहेका छन् र आउने क्रम पनि जारी छ । नेपालबाट यसै खेलका लागि छनौट भएर राधा मानन्धर र रजिना विष्ट आएका हुन । साँझ ६ बजेदेखि भएको खेलमा नेपाली खेलाडीद्वय मानन्धर र विष्टलाइ हाैसला दिन जापानबासी नेपालीहरूको पनि उपस्थित भएका थिए । विशेष गरी महिलाहरुलाई सक्षम बनाउनु, दक्ष बनाउनु र लुकेको प्रतिभालाई बुदो खेलको माध्यमबाट प्रस्फुटन गराउन यस खेलको स्थापना भएको बताइएको छ ।***

तपाईको प्रतिक्रिया