बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

टोकियो – नेपालको समग्र विकासमा चितवन उद्योग संघको भूमिका र भावी औद्योगिक रणनीति सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम जापानमा हुने भएको छ ।

जापानको नागोयामा रहेको ओजोन इस्टेसन नजिकको सपना रेष्टुरेन्टमा जनवरी २१ तारिक शनिवार साँझ ६ बजे कार्यक्रमको आयोजना गरिएको छ । भने टोकियोमा जनवरी २२ तारिक आइतबार मध्यान्न १२ बजे शिन ओकुबो स्टेशन, टोकियो रोधी घरमा आयोजना गरिएको छ ।

जापान सरकारको निमन्त्रणमा इन्ड्रष्ट्रियल म्यानेजमेन्ट ट्रेनिङको दुई हप्ते कार्यक्रमका लागि जापान भ्रमणमा आउनुभएका चितवन उद्योग संघका पधाधिकारीहरुले चितवन समाज जापानसँग भेटघाट तथा अन्तक्रिया गर्नुहुने भएको हो ।

चितवन समाज जापानसँग सम्बद्ध केन्द्रिय र क्षेत्रिय समितिका सम्पूर्ण पदाधिकारीहरु तथा बाहिरी जिल्लाबाट चितवनमा आई व्यापार व्यवसाय उद्योगधन्दा सञ्चालन गर्ने, चितवनमा व्यापार व्यवसायमा लगानी प्रर्वद्धन गर्न इच्छुक र चितवन जिल्लालाई माया गर्ने सम्पूर्णलार्य उक्त कार्यक्रममा सहभागी भइदिन चितवन समाज जापानले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया