बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । 

नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई विहिबार अपराह्न स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा चिकित्सकको सुझाव अनुसार केही दिनका लागि भर्ना गरिएको छ ।

उहाँको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ ।

तपाईको प्रतिक्रिया