बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो-वागलुङ जिल्ला मल्म गाविस वडा नं. २ रिस्मी नाैले स्थायी घर भई ८ दिन अगाडि मात्र जापान अाएका नन्दराम सापकोटाको निधन भएको छ । मृतक सापकोटा छोराहरूको अामन्त्रणमा पत्नीसहित जापान घुम्न अाएका हुन् ।  विहान ८ः३० बजेतिर घरपरिवारसँग कुराकानी गरी छोरावुहारी काममा र नातीहरू स्कुल गएपश्चात १० बजेतिर वेहोस भई १०ः३० बजे नै उनको मृत्यु भएको जापान प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । त्यतिबेला उनी श्रीमतीसँगै घरमै थिए । मृत्युको कारण उच्च रक्तचाप भएको पनि बताइएको छ ।

नागोया फुसोमा जेठो छोराको निवासमा बस्दै अाएका ७१ वर्षीय सपकोटाको ४ छोरावुहारी र ज्वाइँ जापानमै छन् । उहाँको शव अहिले घरमै राखिएको छ । अन्य प्रक्रिया १० बजे अस्पतालको अन्तिम रिपोर्ट अाएपछि अगाडि बढाईने सापकोटाका निकट व्यक्ति वावुराम सापकोटाले समुद्रपारिलाई बताए । ***

तपाईको प्रतिक्रिया