बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

पोखरा – झापा ११ पोखरामा जारी १५ औं आहा रारा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । 

बिहीवार भएको खेलमा झापाले अमेरिकी फुटबल टिम एएनएलाई ४–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो । झापाको लागि कर्ण लिम्बुले ह्याट्रिक गरे । झापाको लागि अर्को गोल कर्ण लिम्बुको पासमा ७४ औं मिनेटमा बुद्ध चेम्जोङ्गले गरेका थिए ।

अमेरिकी फुटबल टिम एएनएको तर्फबाट एक मात्र सान्त्वना गोल खेलको ८५ औं मिनेटमा शिशिर विश्वकर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया