मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

चितवन – परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले सरकारले ध्यान पुग्न नसकेका महत्वपूर्ण देशहरुसँगको सम्बन्ध सुधारका लागि अहिलेको सरकार लागिपरेको बताउनुभएको छ ।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारको ध्यान नपुगेका तर विकास निर्माणका दृष्टिकोणले महत्वपूर्ण रहेका देशहरुसँग सम्बन्ध सुधार गर्दै छिमेकी राष्ट्रहरुसँग मिलेर अगाडि बढ्न सरकारले काम गरिरहेको बताउनुभयो । विदेशमा रहेका नेपाली कामदारको सुरक्षा, हकहित र शोषण अन्त्यका लागि मन्त्रालयले विदेशी नियोगसँग छलफल जारी राखेको मन्त्री महतले बताउनुभयो ।

पछिल्लो समयमा सडक राजनीति बढी भइरहेको र यसले नेपालको हित नगर्ने उहाँको भनाइ थियो । संविधान संशोधनका विषयमा दलहरुबीच सहमति जुटाएर अघि बढ्ने पनि उहाँले बताउनुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय निकाय र प्रदेशको निर्वाचन आवश्यक रहेको उहाँको भनाइ थियो ।

स्थानीय निकायको निर्वाचन वैशाख वा जेठमा गरेपछि देश विकासले गति लिने मन्त्री महतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया