बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – भारतीय टेलिभिजन कलर्सको चर्चित रियालिटी सो ‘झलक दिखला जा’ को उपाधि नजिक पुगेकी रुपन्देही रुद्रपुरकी टेरीया फौजा मगरलाई जिताउन अभियान जारी छ । जनवरी १४ बाट सुरु भएको अनलाइन र एसएमएस भोटिङ २१ जनवरीसम्म जारी रहने छ ।

रुपन्देहीमा मात्रै होइन देश तथा विदेशमा रहेका नेपालीहरुले अहिले टेरियालाई भोटिङ गरिरहेका छन् । आउँदो शनिबार राति सवा १० बजे विजेताको घोषणा हुनेछ । टेरियासँगै उपाधि भिडन्तमा भारतीय सिनियर डान्सर एवं ‘झलक दिखला जा’ का पूर्व विजेता सलमान योसुफ खान र वर्ल्ड हिपहपका विजेता सानतनु महेश्वरी रहेका छन् ।

उपाधि जितेमा टेरियाले पुरस्कार स्वरुप ३० लाख भारतीय रुपैयाँ र एउटा कार प्राप्त गर्नेछिन् । अनलाइन भोटिङका लागि ‘झलक दिखला जा’ को पेज खोलेर नेपालबाटै भोटिङ गर्न सकिन्छ ।  तर एसएमएस भोटिङको लागि भने भारतमै जानु पर्दछ ।

नेपाली सिमकार्डबाट टेरियालाई एसएमएस भोटिङ गर्न सकिँदैन । फाउण्डेसनका अध्यक्ष कृष्ण फौजामगर नेतृत्वको टोलीले भारतको सुनौली मै पुगेर एसएमएस भोटिङ गरिरहेको छ । टेरीयाले सुरुमा नृत्य प्रशिक्षण लिएको बागेश्वरी संगीतालय बुटवलका प्रमुख सुरेस सेञ्चुरीका अनुसार TEr\ टाइप गरी 56882 मा एसएमएस पठाएपछि टेरियालाई भोट दिन सकिन्छ ।

तपाईको प्रतिक्रिया