शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – बलिउड नायिका प्रियंका चोपडाले बनाउने भनिएको नेपाली फिल्ममा कस्ता कलाकार छनोटमा पर्लान भन्ने सबैलाई चासोको विषय बनेको छ । प्रियंकाले निर्माण गर्न लागेको फिल्म ‘पउवा’ अर्थात ‘पाहुना’ सम्पूर्ण कलाकार नेपाली भाषी हुने भएपछि प्रिंयकाको टिमलाई कलाकार छान्न सकस भएको छ ।

अहिलेसम्म अभिनेता सुनिल थापाले प्रियंकासँग काम गर्ने पक्कापक्की जस्तै छ । सुनिलले यसअघि पनि प्रियंकासँग ‘मेरी कोम’मा काम गरेकाले उनीहरूबीच सुमधुर सम्बन्ध रहेका कारण सुनिल रोजाइमा परेका हुन भन्ने चर्चा छ ।

सिक्किमकै मन्जु क्षेत्रीलाई नायिकको रुपमा छनोट गर्ने चर्चा पनि चल्न थालेको छ । पूर्वी सिक्किमको रंगोलीमा जन्मिनुभएकी मन्जुलाई नेपाली दर्शकले यो भन्दा अगाडी चर्चित हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘खड्काजी’ कि कान्छी श्रीमतीको रुपमा देखिनुभएको थियो ।

विज्ञापन र डकुमेन्ट्रीमा समेत काम गर्नुभएकी मन्जुले केहि हिन्दी सिरियल र म्युजिक भिडियोमा काम गर्नुभएको छ । यद्यपी, नेपाली कलाकारको आधिकारीक टुंगो भने लागिसकेको छैन् । सुनिल र मन्जुलाई प्रिंयकाको निर्माण टिमले भने रुचाएको छ ।

तर फिल्ममा उहाँहरुको भूमिका के रहन्छ भन्ने निश्चित छैन् । प्रियंकाको होम प्रडक्शनले सिक्किमलाई आधार बनाएर नेपाली फिल्म बनाउन लागेको हो । उहाँको होम प्रडक्शन ‘पर्पल पेबल’ लाई हाल उहाँकी आमा मधु चोपडाले सम्हाल्नुभएको छ ।

तपाईको प्रतिक्रिया