बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई बिहीबार हुँदैछ । सर्वोच्चको न्यायाधीशमा सिफारिस केसी र भण्डारीको सम्बन्धमा तीनवटा उजुरी परेको संसदीय सुनुवाई समितिले जनाएको छ ।

बिहान ११ बजेपछि सुरु हुने बैठकमा दुवैजनाले आफ्नोविरुद्ध परेको उजुरीबारे जवाफ दिनुका साथै भावी कार्ययोजनाबारे पनि जानकारी गराउनुहुनेछ । सुनुवाई पछि समितिले नियुक्तिका लागि सिफारिस गर्ने नगर्ने निर्णय गर्नेछ ।

तपाईको प्रतिक्रिया