शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो-‘डेभलपमेन्ट एसोसियसन फर यूथलिडर्स’को अाठाैं यूथ लिडर अवार्डको विजेतामा नेपाली यूवा जिज्ञानकुमार थापा घोषित भएका छन् । संस्थाको यस पुरस्कारबाट पुरस्कृत हुने उनी पहिलो विदेशी नागरिक हुन् ।
नेपाल र जापानबीचको सम्बन्ध सुमधुर बनाउनुको साथै जापानलाई अन्तर्राष्ट्रियकरण गर्नमा गैर सरकारी संस्था मार्फत सामाजिक कार्यमा योगदान दिएकोमा संस्थाले उनलाई  उक्त अवार्डबाट सम्मान गर्न लागेको हो । अागामी फेव्रुअरी २१ तारिक मंगलवार रोप्पोन्गि हिल्समा हुने एक समारोहकाबीच उनी सम्मानित हुँदैछन् । थापाले अवार्ड घोषणा भएपछि अाफ्नो फेसवुकबाट खुशी साट्दै ‘फेरि एक पटक ढाका टोपी र नेपाली झण्डा फहराइनेछ, हजुरहरूको सहयोगको लागि हार्दिक धन्यवाद’ भनेका छन् ।

जापानको खानागावा प्रान्तमा कार्यरत थापाले नेपाल तथा जापानको कुमामोतो क्षेत्रमा गएको भूकम्पको समयमा सक्रिय भएर काम गर्नुका साथै दुइ देशको वालवालिकाहरूको सम्बन्ध विस्तारको लागि ‘तामागो प्रोजेक्ट’ सञ्चालनमा ल्याएका थिए ।

सन् २००० मा विद्यार्थीका रूपमा जापान अाएका थापा हाल गैरअावासीय नेपाली संघ (एनअारएनए) जापानमा सल्लाहकार समेत रहेका छन् । ***

तपाईको प्रतिक्रिया