शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

दमक – एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार शिलान्यास गर्ने भनिएको झापाको दमक १७ र मोरङको राजघाट ९ जोड्ने बेतेनी – माँवा – आम्बारी पुल बुधबार नै माओवादी केन्द्रा नेताले शिलान्यास गरेका गरेका छन् ।

आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहै नदिइ उद्घाटन गर्न लागेको भन्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको हुन् । उक्त पुल आफूहरुको पहलमा बनेको झापा ७ का ईन्चार्जसमेत रहेका पुरीले दावी गरेका छन् । एमाले अध्यक्ष ओलीले सोही पुल बिहीबार १२ बजे शिलान्यास गर्ने कार्यक्रम थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै पुरीले आफूहरुलाई खबर नै नगरी एमालेले एकलौटी ढंगबाट पुल शिलान्यास गर्न लागेकाले प्रतिकार गर्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया