शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – नेपालीहरुका लागि अध्यायन/अध्यापन, रोजगारी र व्यवसायको निम्ति जापान पछिल्लो समय आकर्षणको गन्तव्य बन्दै आएको छ । यो सँगै जापानमा आउने नेपालीहरूको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दो छ भने आगामी केही वर्षमा पनि यो सङ्ख्या बढेरजानेमा दुइमत छैन ।

जापानमा नेपालीहरू भित्रिएसँगै उनीहरूमध्ये कतिपयले विभिन्न समस्याहरू भोग्दै आएका छन् । नेपालीहरूले जापानमा भोग्ने गरेका समस्याको समाधानका लागि एउटा ठोस निष्कर्ष निकाल्ने उद्देश्यले अाउँदो फेब्रुअरी ५ तारिखका दिन टोकियो, शिन्जुकु स्थित टिकेपी सम्मेलन केन्द्रमा बाँके बर्दिया मैत्री समाज जापानले नेपाली राजादुतावास जापानको विशेष सहकार्यमा बृहत् अन्तरक्रिया तथा विचार गोष्ठीको आयोजना गर्दैछ ।

गाोष्ठीमा विभिन्न क्षेत्रका विषय विज्ञहरु, सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधि, राजदूतावास र गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिहरूको संयुक्त सहभागिता रहने आयोजकले बताएका छन् ।

गाोष्ठी मार्फत जापानमा रहेका नेपालीहरूका लागि अवसर, चुनौती र समस्याका विषयमा बृहतरुपमा सामूहिक छलफल तथा अन्तर्कृया गरिने र उक्त विषयको निचोड निकाली एक मस्यौदा तयार गरिने छ । त्यस पश्चात् उक्त मस्यौदालाई नेपाली राजदूतावास जापान र गैर आवासीय नेपाली सङ्घलाई आवश्यक कार्यको लागि बुझाउने उद्देश्य रहेको बाँके बर्दिया मैत्री समाजका अध्यक्ष तथा आयोजना हुन गर्इरहेको उक्त गोष्ठीका संयोजक जनकबिक्रम शाहीले समुद्रपारिलार्इ बताउनु भयो ।

यसका साथै निष्कर्ष सहितको मस्यौदालाई सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधिले आ–आफ्नो संस्थामा समेत विस्तृत रूपमा प्रस्तुत गर्ने छन् ।

समाजले नेपाली राजादुतावास जापानको सहकार्यमा गत वर्ष एक बृहत् स्वास्थ्य सचेतना गोष्ठीको आयोजना समेत गरेको थियो । जसबाट नेपाली समुदायमा सकारात्मक प्रभाव परेको र यस पनि वर्ष साेही कार्यक्रमलाइ निरन्तरता दिएको अायाेजकले जानकारी दिएका छन् ।
अन्तर्कृयामा निम्न विषयहरूमा छलफल गरिने छ :

  • जापानमा अध्यायन/अध्यापन, रोजगार तथा व्यवसायको अवसर, चुनौती र समस्या ।
  • जापानको सामाजिक सुरक्षा र सामाजिक कल्याण प्रणालीप्रती नेपाली समुदायको बुझाइ ।
  • जापानमा शरणार्थी आवेदन दिनेमा नेपाली सबै भन्दा बढ़ी हुनुका कारण र रोकथामका उपाय ।
  • जापानमा रहेका नेपालीहरूको समग्र स्वास्थ्य अवस्था, स्वास्थ्य सेवामा उनीहरूको पहुच, मानासिक रोग तथा आत्महत्या रोकथामका उपाय ।
  • जापानका नेपाली सङ्घ संस्था बिचमा समन्वय, सङ्घ संस्था र एआरएनसँगको सम्बन्ध र नेपाली राजदुतावाससंगको सहकार्यताको अवस्था ।
  • नेपालको पर्यटनको विकासकालागि सङ्घ संस्था तथा नेपाली समुदायको भूमिका ।
  • जापानमा नेपाली महिला तथा बालबालिकाको समस्या, नेपाली र जापानी समुदाय बिचको अन्तर सम्बन्धको अवस्था ।

(कार्यक्रम मिति : २०१७/२/५ (आइतबार) १ बजे देखी ५ बजे सम्म
स्थान: TKP Conference Center Shinjuku,1 Chome-14-11 Nishishinjuku, Shinjuku, Tokyo 163-0990-0990, शिन्जुकु मिनामी गुची बाट ३ मिनेट)

तपाईको प्रतिक्रिया