बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पोखरा – धरान फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार भएको प्रि–क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीलाई १–० ले पराजित गर्दै धरानले अन्तिम आठमा ठाउँ पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको २० मिनेटको अतिरिक्त समयमा निर्णायक गोल गर्दै धरानले बाजी मारेको हो ।

जितका लागि खेलको १०५ औं मिनेटमा वर्तमान राईको पासमा दीपक राईले गोल गर्दै धरानलाई जिताए ।

तपाईको प्रतिक्रिया