बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – लन्डनस्थित आफ्नै निवासमा झुन्डिएको आवस्थामा भेटिनुभएका चर्चित र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ ।
मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् ।

रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उहाँ निकट एक पारिवारिक सदस्यले जानकारी दिनुभयो । बेलुकी उहाँले श्रीमतीसँग बसेर वाइन भने पिउनुभएको थियो । रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको छ । बंगारा भाँचिनुलाई सामान्य मानिएको छ ।

यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उहाँले किन पासपोर्ट च्यात्नुभयो त्यो चाहिं खुलेको छैन् । हाल उहाँको शव नर्थवीक पार्क अस्पतालमा छ । उहाँका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् ।

तपाईको प्रतिक्रिया