बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ ।

कम खर्च गर्ने मन्त्री 
– सहकारीमन्त्री हुदयराम थानीः २,१९,०००
– पर्यटनमन्त्री जीवनबहादुर शाहीः २,१६,६६०
– भूमिसुधारमन्त्री विक्रम पाण्डेः २,१६,०५५
– ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतः २,१५,०५०
– शिक्षा राज्यमन्त्री धनमाया विकः १,७५,१५०
– श्रममन्त्री सूर्यमान गुरुङ: १,७०,९१५
– कृषि राज्यमन्त्री राधिका तामाङः १,६५,२०५
– गृहमन्त्री विमलेन्द्र निधिः १,५६,९६०
– भौतिकमन्त्री रमेश लेखकः १,५२,८४५
– शिक्षामन्त्री धनीराम पौडेलः १,४६,०४०
– अर्थमन्त्री कृष्ण महराः १,३०,९१५
– उद्योगमन्त्री नवीन्द्रराज जोशीः १,२६,५३०
– सिँचाइमन्त्री दीपक गिरीः ६८,७७०
– सरसफाइ राज्यमन्त्री दीपक खड्काः ४४,१४०
– पर्यटन राज्यमन्त्री इन्द्र बानियाँः १८,०००

तपाईको प्रतिक्रिया