शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – अदालतद्वारा ‘अयोग्य’ सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् । 

कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् । राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो । विभागका महानिर्देशक सुशीलकुमार लम्सालका अनुसार कार्कीले गत बिहीबार आफ्ना सहयोगी मार्फत राहदानी फिर्ता गरेका हुन् ।

कार्कीका सहयोगीले गत बिहीबार कार्की पत्नी सुनिताको समेत रातो पासपोर्ट फिर्ता गरेका छन् । सुनिताको रातो पासपोर्ट भने कार्कीको पासपोर्ट जारी भएको करिब १ वर्षपछि विभागले उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया