शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं  – आउँदो फेब्रुवरी १ अर्थात माघ १९ गतेदेखि मात्रै अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृतिको आवेदन दिन सकिने भएको छ ।

सोमबारदेखी व्यक्तिगत श्रमस्वीकृतिका लागि अनलाइनमार्फत आवेदन लिने भनिएपनि प्राविधिक समस्या आएपछि तत्काल आवेदन लिन रोकिएको वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो ।

‘केही प्राविधिक समस्याका कारण अरुले पनि दुरुपयोग गर्ने देखियो । त्यसैले तत्कालै व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अनलाइनबाट लिन रोकेका छौं ।’ प्रवक्ता भट्टराईले भन्नुभयो । वैदेशिक रोजगार विभागले एक महिना अघि सुरु गरेको अनलाइन प्रणालीमार्फत म्यानपावर व्यवसायीले भने संस्थागत पूर्व स्वीकृति लिइरहेका छन् ।

माघ १९ गतेदेखि भने व्यक्तिगत श्रमस्वीकृति https://feims.dofe.gov.np/sf/sfLogin.aspx मा गएर आवेदन दिन सकिने छ ।

तपाईको प्रतिक्रिया