शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – टर्किस एयरलायन्सको कार्गो जहाज दुर्घटना भएको छ ।

सोमबार बिहान हङकङबाट बिस्केसका लागि उडेको एयरलायन्सको बोइङ ७४७ जहाज किर्गिजस्तानको मानास विमानस्थल नजिकै दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

जहाजका पाइलट र दुर्घटनास्थल आसपास घर भएका १५ स्थानीयको शव फेला परेको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया