शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – नेपाली चलचित्र लप्पन छप्पनको ट्रेलर युट्युबमा सार्वजनिक भएको तिन दिनमै दुई लाख बढीले हेरीसकेका छन् । कलाकार दयाहांग राई, सौगात मल्ल, प्रकाशजङ शाह, सिड खरेल र अर्पण थापाद्वारा अभिनित चलचित्र लप्प्न छप्पनको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो ।

चलचित्र लप्पन छप्पनमा नायिकाको भूमिका युवा पुस्ताकि चर्चित नायिका वर्षा सिवाकोटीले निभाएकी छिन् । चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । आगामी चैत ११ गते रिलिज हुने यसै चलचित्र बाट पहिलो पटक रजतपटमा देखिएका नवनायकहरु प्रकाशजंग शाह र सिड खरेल दुवै ओस्कार कलेज अफ फिल्म स्टडिज बाट अभिनय मा स्नातक गरिसकेका प्रतिभा हुन ।

चलचित्रको बढिजसो भाग युरोपका प्रसिद्ध देश हरू बेल्जियम, स्विज़ेर्लैंड, नेदर्स्लैंड, फ्रान्स, लग्जम्बर्ग लगाएतका ठाँउहरुमा छायांकन गरिएको हो ।

ओस्कार कलेज अफ फिल्म स्टडिजबाटै स्क्रिप्ट लेखन तथा निदेशनमा स्नातक गरेका प्रवेश पौडेल र अभिनयमा स्तानक गरेका प्रकाशजंग शाहद्वारा तयार पारिएको चलचित्रको कथाबस्तुमा डम्बर चन्द पहिलो पटक निर्माताको रुपमा चलचित्र नगरीमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया