शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

क्वेइटो – दक्षिणपश्चिम इक्वाडोरमा एक विद्यालयको सवारी साधन र अर्को एक बस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका राष्ट्रिय सुरक्षा सेवाले शनिबार जानकारी दिएको छ ।

शुक्रबार साँझ भएको यस दुर्घटनाका क्रममा विद्यालयको सवारी साधन भने आफ्नो मार्गअनुसार नचलाएको र यसमा कुनै यात्रु पनि नरहेका बताइएको छ । तर दुर्घटना भएको बसमा के कति व्यक्ति सवार रहेका थिए राष्ट्रिय सुरक्षा सेवाले कुनै प्रष्ट गरेको छैन ।

सो दुर्घटना दक्षिण पश्चिमी तटीय सहर योगुआचीमा र मिलाग्रोबीचको राजमार्गमा भएको बताइएको छ । इक्वाडोरमा व्यक्तिहरुको ज्यान जाने एक प्रमुख कारण सडक दुर्घटना पनि रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया