बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुस तथा चीनसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ । राष्ट्रपतीय चुनावमा भएको ह्याकिङको विषयलाई लिएर रुसमाथि लगाइएको प्रतिबन्ध तत्कालका लागि जारी रहेने तर केही समयपछि भने त्यो हट्ने ट्रम्पले बताउनुभएको छ । 

सिनेटको कमिटिले अमेरिकी चुनावमा रुसी साइबर आक्रमणबारे छानबिन गरिहेको छ । यही बेला ट्रम्पको यस्तो भनाई आएको हो । वाल स्ट्रिट जर्नलसँग राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफू रुस र चीनसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभएको हो ।

रुसले इस्लामिक बिद्रोही विरुद्धको कारवाही अभियानमा अमेरिकालाई सहयोग गरेमा उसमाथि लागेको प्रतिबन्ध हट्ने ट्रम्पले बताउनुभयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै नै भेट गर्ने पनि ट्रम्पको भनाइ छ । यस्तै एक चीन नीतिका बारेमा पनि छलफल आवश्यक रहेको उहाँको भनाई छ । –एजेन्सी

तपाईको प्रतिक्रिया